विराटनगर । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ ।
धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
जंगलमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कारचेकजाँच गर्दा गाँजा फेला बरामद भएको छ । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलो सोमबार बेलुकी प्रहरीले बरामद भएको थियो ।
प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले सुट केसमा गाँजा फेला पारी बरामद गरेको हो ।
फोटो:फाइल