झापाको अमला काण्ड भन्दै भिडियो बनाउने ३८ युट्युब च्यानल कारबाहीमा

<span class='c1'>झापाको अमला काण्ड भन्दै भिडियो</span> <span class='c2'>बनाउने ३८ युट्युब च्यानल कारबाहीमा</span>

विराटनगर । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई 'अमला काण्ड' भनेर प्रसारण गर्ने ३८ वटा युट्युब च्यानलमाथि कारबाही गरेको छ।

गोपनीयता उल्लङ्घन, मानहानी र सनसनीपूर्ण सामग्री प्रसारणका कारण यी च्यानलहरूलाई कारबाही गरिएको हो।

प्रेस काउन्सिलले तत्काल प्रमाण नभएको अवस्थामा पीडित युवती, आरोपी पुरुष, शिशु र परिवारका व्यक्तिगत भिडियो तथा तस्बिरहरू सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा भ्युअर्स बढाउने उद्देश्यले चरित्र हत्या र व्यक्तिगत गोपनीयता उल्लङ्घन गरिएको भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ।

काउन्सिलले यस्ता क्रियाकलापले पीडित र परिवारलाई थप पीडा पुर्याउने र सार्वजनिक संवेदनशीलतामा नकारात्मक असर पार्ने बताएको छ। मिडियाका रूपमा दर्ता नभएका युट्युब च्यानलहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो) लाई पत्राचार गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्