मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई

<span class='c1'>मुख्यमन्त्री कप महिला</span> <span class='c2'>भलिबलको उपाधि एपिएफलाई</span>

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ ।

आज दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाईनल खेलमा बागमती महिला टोलीलाई ३ -० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो ।

फाईनल खेलको पहिलो सेटमा एपिएफले २५ अंक हासिल गर्दै बागमतीलाई १० अंकमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अंक जित्दा बागमती २२ मा रोकिएको थियो ।

अन्तिम सेटमा बागमतीले १८ अंक प्राप्त गर्दा एपिएफ २५ अंक जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी , मेडल , प्रमाणपत्र सहित ५ लाख र उपविजेता बागमतीले ट्रफी , मेडल , प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको थियो ।

फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको एपिएफको कविता भट्ट ' वुमन अफ म्याच ' बन्न सफल हुनुभएको थियो ।
त्यस्तै , प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी निरूता ठगुन्ना , उत्कृष्ट सर्भर कविता भट्ट , उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ , उत्कृष्ट स्पाइकर सलिना बुढा मगर , उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी , उत्कृष्ट सेेटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी हुनुभएको थियो ।

उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफी सहित नगद २५ हजार र अन्य विधाका उत्कृष्टहरूले ट्रफी सहित जनही १० हजार प्राप्त गर्नु भएको थियो ।

प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट खेलाडीलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) लगायतले ट्रफी , मेडल हस्तान्तरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्