विराटनगर । मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।
फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले भारतबाट भद्रपुर तर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका-५ का २२ वर्षीय प्रेमा तामाङलाई लागुऔषध ब्राउनसुगर १ ग्राम १ मिलिग्राम, भद्रपुर नगरपालिका-९ का २६ वर्षीय दिपेन्द्र खापुङ्लाई ब्राउनसुगर १ ग्राम १३ मिलिग्राम, दमक नगरपालिका-४ का २३ वर्षीय संजित राईलाई ब्राउनसुगर २ ग्राम २८ मिलिग्राम, ईलामको माई नगरपालिका-१ का २६ वर्षीय रोमन श्रेष्ठ र ४६ वर्षीय कृष्ण बहादुरलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ५७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने फागुन १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ पशुहाट स्थितबाट झापा कमल गाँउपालिका-३ का २४ वर्षीय समर लिम्बुको साथबाट प्रतिबन्धित औषधी ५० पिस फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट फागुन १५ गते खटिएको प्रहरी विराटनगर-१५ स्थितबाट धरान उप-महानगरपालिका-१७ का ३८ वर्षीय जीवन राईलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
लागुऔषधसहित पक्राउ परेका सबैजनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।