ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

<span class='c1'>ओली एक अब्बल र लोकप्रिय</span> <span class='c2'>राजनेता : विद्यादेवी भण्डारी</span>

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् ।

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् ।

उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।’

उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए ।

उनले भने,‘अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो । सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ ।’

ओली मिजासिलो हुनुहुन्छ : केकी अधिकारी

त्यस्तै नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली मिजासिलो र सकरात्मक सोच भएको ऊर्जाशील व्यक्ति भएको भन्दै प्रशंसा गरेकी थिइन् ।

उनले भनिन्,‘केही गुनासो र आग्रह जहिल्यै राख्ने गरेको छु । उहाँले मजाले ग्रहण गरिदिनुहन्छ । अहिले यहाँ मिजासिलो र सकरात्मक ऊर्जाशील देखिरहेको छु ।’

प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेको अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

केपी ओलीको जीवन प्रेरणादायी छ : प्रकाश सपुत

गायक एवं अभिनेता प्रकाश सपूतले सपना देख्न, प्रगति गर्न, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी रहेको बताए  ।

उनले भने,‘अरु कुराहरु छाडौं । उहाँको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका, कार्यकारी भएर देश चलाइरहनुभएको भूमिकालाई छाडेर व्यक्तिगत रुपमा उहाँलाई हेर्ने हो भनेपनि प्रेरणादायी लाग्छ । निराश भएर, गाउँमा जन्मिएको भनेर, बा–आमालाई गरिब देखाएर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि उहाँको जीवन प्रेरणादायी छ ।’

उनले ओलीको आत्मविश्वास,ऊर्जा र उमेरभन्दा बढी युवा सोच रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्