चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो : झलनाथ खनाल

<span class='c1'>चुच्चे नक्सा नागको फोटो टाँसे सरह</span> <span class='c2'>मात्र भयो : झलनाथ खनाल</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन् ।

मंगलवार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दाबी गरे ।

उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ । त्यसलाई कसैले अवरोध गरेको छैन । अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन । हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन् ।’
उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।

सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन् । खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए । उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।
उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसे सरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्