राष्ट्रिय सभाको बैठक आज बस्दै

<span class='c1'>राष्ट्रिय सभाको बैठक</span> <span class='c2'>आज बस्दै</span>

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि शुक्रबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे शुरु हुनेछ ।

राष्ट्रिय सभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्