पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्से : मन्त्री गुरुङ

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत</span> <span class='c2'>बिर्से : मन्त्री गुरुङ</span>

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा उदार लोकतन्त्र छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई नयाँ व्यवस्था आइसकेपछि जेलमा बस्नुपर्ने हो । तीनको सम्पत्ति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स–सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनी नै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेका छन् । त्यो उनले आफ्नो हैसियत बिर्सिएको हो ।’

उनले आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै प्रश्न गरे । उनले राजा मच्चिदै हिड्दैमा फर्किन्छ भनेर सोच्नुपर्ने केही अवस्था नरहेको पनि धारणा पनि राखे । राजाले कसरी देश बचाउँछन्, दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुँदैन, जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हुदैन, जहाँ एउटा कुलमा जन्मेको कारणले मुलुकको तीन करोडको जनता मध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्ने बाध्य परिन्छ । त्यस्तो व्यवस्थाको वकालत गर्दै हिड्ने लोकतन्त्र मान्ने हुन की होइनन् विचार गर्नुपर्छ । राजा मच्चिएर हिड्दैमा राजा फर्किन्छ भनेर सोच्नुपर्ने केही छैन्,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्