प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा पक्राउ

<span class='c1'>प्रहरीको नाममा रकम ठगी</span> <span class='c2'>गरेको आरोपमा पक्राउ</span>

रौतहट । प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए। उनका अनुसार गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले शुक्रवार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्ती टोलिले पक्राउ गरेको हो ।

आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्