एमबाप्पेको गोलमा रियल म्याड्रिडको जित

<span class='c1'>एमबाप्पेको गोलमा रियल</span> <span class='c2'>म्याड्रिडको जित</span>

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा भिल्ला रियललाई २–१ ले पराजित गरेको हो ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे । खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए । जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
२ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्