जनकपुरमा एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु

<span class='c1'>जनकपुरमा एम्बुलेन्सको ठक्करबाट</span> <span class='c2'>टेम्पु चालकको मृत्यु</span>

जनकपुर । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ ।

जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमाडौं जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा रिक्सा चालक लक्ष्मिनियाँ गाउँपालिका ७ का सुरेश यादवका छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ । एम्बुलेन्समा रहेको बिरामीलाई अर्को एम्बुलेन्सबाट काठमाडौं पठाइएको प्रहरी निरीक्षक सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्