विराटनगर शनि मन्दिरको गजुर छलेर विज्ञापनको होर्डिङ बोर्ड

<span class='c1'>विराटनगर शनि मन्दिरको गजुर</span> <span class='c2'>छलेर विज्ञापनको होर्डिङ बोर्ड</span>

इन्दु साह
विराटनगर । विराटनगरस्थित शनि मन्दिरको गजुर छलेर विज्ञापनको बोर्ड राखिएपछि त्यसको आलोचना भएको छ ।

आस्था राख्नेहरुले मन्दिरको गजुर हेरेर शिर निहु¥याउँदै बाटो हिड्ने गर्दछन् । तर, मन्दिरको आस्थामा आत्मा दर्शन गर्नेहरुले गजुर देख्न नसक्ने गरी होर्डिङ बोर्ड राखिएको हो।

यसले मन्दिरको आस्था राख्नेहरुको भावनामा चोट पुगेको श्रद्धालुहरुले गुनासो गरेका हुन् । कोशी राजमार्ग पूर्वतर्फ शनिमन्दिर चौकमा मन्दिर छ । राजमार्ग छेउमा रहेको यस मन्दिरको गजुर विज्ञापन बोर्डले घेरिएको छ । अहिले राजमार्गबाट गजुर नदेखिने गरी विज्ञापन बोर्ड राखिएपछि त्यसको आलोचना भएको हो ।

जसले गर्दा बाहिरबाट आउने भक्तजनहरूलाई मन्दिर पहिचान गर्न समस्या भएको छ। सडकमा सवारीमा यात्रा गर्ने भक्तजनहरूले टाढैबाट दर्शन गर्न खोज्छन्, तर विज्ञापन बोर्डका कारण मन्दिर नदेखिने हुँदा दर्शन गर्न पाउँदैनन्,शनि मन्दिरका पण्डित गणेश पाण्डेले भने–विज्ञापनको होर्डिङ बोर्ड राख्ने व्यक्तिसँग सम्पर्क हुन सकेको छैन, धेरैले यो गुनासो गरिरहनु भएको छ ।

मन्दिर सानो भएको र छेउमा अर्को सटर भएकाले मन्दिर सडकबाट पूर्ण रूपमा देखिँदैन। पहिले मन्दिरको गजुर मात्र देखिने गरेकोमा अहिले विज्ञापन बोर्डले त्यो पनि छोपिएको छ। यसका कारण बाहिरबाट आउने यात्रीहरूले त्यहि नजिक भएको मन्दिरको स्थान पत्ता लगाउन अन्य व्यक्तिहरूलाई सोध्नु पर्ने अवस्था छ। महानगर प्रहरी प्रमुख राजन पौडेलले यस विषयमा मन्दिरका पुजारीहरूसँग समन्वय गरी अनुगमन गर्ने र विज्ञापन बोर्डले मन्दिरको अस्तित्व छोपिएको पाइएमा बोर्ड हटाउने बताएका छन् । शनि मन्दिरमा हरेक शनिबार बिहान ३ बजेदेखि १० बजेसम्म करिब ४०० देखि ८०० जनासम्म श्रद्धालुहरू दर्शन गर्न आउने गर्छन् । शनिको अढैया र साढे साती दशाकालबाट जोगिन भक्तजनहरू यहाँ विशेष पूजा अर्चना गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्