स्ववियु निर्वाचन : जनकपुरधामको राराब क्याम्पसको विवाद कायमै

<span class='c1'>स्ववियु निर्वाचन : जनकपुरधामको</span> <span class='c2'>राराब क्याम्पसको विवाद कायमै</span>

जनकपुर । जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा स्ववियू चुनाबलाई लिएर विद्यार्थीहरुबीच उत्पन्न विवाद अझ सामाधान हुन सकेको छैन ।

विवाद समाधानका लागि निरन्तर कोसिस जारी नै रहेको छ । सो क्रममा विद्यार्थीहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरिएको छ ।

सो वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक बिनिता ठाकुर रहेका छन् । क्याम्पस प्रमुख बसन्तकुमार कर्णले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरी वार्ता समिति गठनको जानकारी दिएका छन् ।

यता वार्ता समितिका सदस्य रहेका उपप्राध्यापक रेमन्त मोरबैताले विद्यार्थीसँग वार्ताका लागि म्यानडेड आफूहरुलाई नदिएकाले, मात्रै कमिटी गठन गर्दा वार्ता सफल हुन्छ त्यो भन्न सक्ने आधार नरहेको प्रतिक्रिया दिए । आफूहरु कसरी वार्ता गर्ने अहिलेसम्म बुझ्न नसकेको समेत उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
विभिन्न विवादका विद्यार्थीहरुको मागका कारण ती ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्