बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

<span class='c1'>बिरामी लिएर विराटनगर आउँदै गरेको</span> <span class='c2'>एम्बुलेन्स दुर्घटना, ६ जना घाइते</span>

विराटनगर । बिरामी लिएर झापाबाट विराटनगरतर्फ आउँदै गरेको एम्बुलेन्स आज (बुधबार) बिहान दमकमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । एक जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी बोकेर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि आज(बुधबार) बिहान १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको एम्बुलेन्स आफैं अनियन्त्रित भएर सडकको बीचमा रहेको डीभाईडरमा ठोक्किएको थियो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–१० की १९ वर्षीया आरजु राई, २० वर्षीय विशाल लिम्बू, ५१ वर्षीया मीना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू घाइते भएका छन् । त्यस्तै, एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–५ का ३५ वर्षीय कमल अधिकारी पनि घाइते भएको उनले बताए ।

घाइतेमध्ये आरजु राईको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट रहेको जानकारी डीएसपी खड्काले दिए । उनका अनुसार अरु घाइते सामान्य छन् । सबैलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पतालमा भर्ना गरिएको उनले बताए । सुरुमा दमककै निम्स अस्पताल लगिएको थियो ।

दुर्घटनामा परेर घाइते हुनेमध्ये ५१ वर्षीया मीना लिम्बू बिरामी थिइन् । केही समयदेखि उनको खुट्टा दुखिरहेको थियो । बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालमा उपचार भइरहेको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि विराटनगरतर्फ ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेर उनीसहित ६ जना घाइते भएको डीएसपी खड्काले बताए ।

दुर्घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेको प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको उनको भनाइ छ । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्