बिराटनगर फाल्गुन २३ , सप्तरीको घटनाको बिरोधमा मधेसी मोर्चाको केन्द्रीय बैठकले फाल्गुन २४ र २५ गते आमहडतालको घोषणा गरेको छ । आज साझ घटनाको बिरोधमा जुलुस निकालेर बन्दको घोषणा गरेको सद्भावना पार्टिका युवा नेता राकेश रोशन यादवले आवर बिराटनगर लाई टेलिफोनमा बताए । सरकारले मान्छे मारेर अन्याय गरेको मोर्चाको भनाइ रहेको छ ।