तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर

<span class='c1'>तोडफोड गर्दै राजावादीहरु माओवादी</span> <span class='c2'>केन्द्र र एमाले कार्यालयतिर</span>

काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन्।

प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् ।

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । उनीहरु एमाले कार्यालयतिर अघि बढेको छन् ।

प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरु नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पनि पुगेका छन् । राजावादीहरुको आन्दोलन उग्र बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्