शिक्षकहरुमा माग सम्बोधन गर्ने गरी अघि बढेका छौं : गृहमन्त्री लेखक

<span class='c1'>शिक्षकहरुमा माग सम्बोधन गर्ने गरी अघि</span> <span class='c2'>बढेका छौं : गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षकहरुको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरि अगाडि बढ्ने बताएका छन् ।

आज (बिहीबार) आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए ।

उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरु गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरुका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरु र उहाँहरुले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकरात्मक भएको छ । शिक्षा विधेयकलाई छिटो अगाडि सरकारले आफ्नो तर्फबाट भूमिका खेल्छ ।’

सरकार यस विषयमा एकदमै गम्भीर रहेको भन्दै छलफललाई निरन्तर अगाडि बढाउने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्