बराहक्षेत्रमा आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन सम्पन्न

<span class='c1'>बराहक्षेत्रमा आँखा उपचार केन्द्रको</span> <span class='c2'>विस्तारित भवनको समुद्घाटन सम्पन्न</span>

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको व्यवस्थापन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखाको रूपमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन आज पूर्व अर्थमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले गरेका छन् ।

लायन्स क्लब अफ कोशी रिभरको सक्रियतामा विक्रम संवत् २०६४ सालमा स्थापित यस केन्द्रले बराहक्षेत्र नगरपालिका लगायत आसपासका क्षेत्रका करिब १ लाख १० हजार जनसंख्यालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।

आँखाको सामान्य जाँच, चश्मा तथा औषधि वितरण सेवा सहितको यस केन्द्रले समुदाय स्तरमा समेत विभिन्न निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दै आएको छ। विगतमा सानो कार्यस्थलमा सीमित केन्द्रलाई बढ्दो बिरामीहरूको मागलाई ध्यानमा राखी नगरपालिकाले उपलब्ध गराएको नगर अस्पताल सँगैको भवनमा आँखा जाँच, सामान्य शल्यक्रिया र बिरामी प्रतीक्षालय सहितको पर्याप्त सुविधायुक्त केन्द्रको रूपमा स्तरोन्नति गरिएको छ।

अस्पतालका प्रबन्धक नवीन चन्द्र सिङ्ग राजवंशीका अनुसार विगतमा हप्तामा दुई दिन मात्र सीमित समयमा सेवा सञ्चालन हुँदै आएकोमा अब उप्रान्त प्रत्येक दिन बिहान ८:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म नियमित सेवा प्रदान गरिने छ। साथै, आगामी विक्रम संवत् २०८२ भित्र यस केन्द्रलाई आवधिक शल्यक्रिया केन्द्र (Periodic Surgical Centre) को रूपमा विकसित गरी विशेष शल्यक्रिया सेवाहरू समेत उपलब्ध गराइने योजना रहेको जानकारी दिए।

यस विस्तारित केन्द्रले स्थानीय क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। स्थानीयवासीहरूले अब आफ्नै क्षेत्रमा उच्चस्तरीय आँखा उपचार सेवा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा दूरदराजका अस्पतालहरूमा जानुपर्ने बाध्यता हट्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्