किन हामीले ट्राफिक चौकमा रंग पोख्यौं ?  

<span class='c1'>किन हामीले ट्राफिक चौकमा</span> <span class='c2'>रंग पोख्यौं ?  </span>

-एयुश कर्ण

देशमा जातीय ध्रुवीकरण एवं भेदभावपुर्ण मानसिकताको यस्तो अवस्था छ कि राजबिराजमा आन्तरिक सुरक्षाकर्मी द्वारा झारिएका आँपलाई मधेसी मुलकाले र कंचनपुरमा झारिएको आँपलाई पहाडे मुलकाले मात्र श्रद्धाञ्जली दिएका दर्जनौं उदाहरण छन । के हँदैछ हाम्रो देशमा कि आन्तरिक बोलीको जवाफ गोलीबाट र बाह्य गोलीको जवाफ बोलीबाट मात्र दिइन्छ ।देशमा भएका भएका सेनालाई भारतीय सेना,बृटिश सेनाका नाममा युवालाई अमेरिकी DV को नाममा वा वैदेशिक रोजगारिको नाममा बिदेशमा बेच्ने अनि युवा नै नबचेको देश कति दिन चल्छ ? 

यस्तै समस्या लाई व्यङ्ग्य प्रहार गर्न एवं रगत को होली नखेल्न र जातिय भेदभाव को अन्त्य गर भन्ने मागका साथ बिराटनगरका स्वतन्त्र विद्यार्थी समुह हामीले ट्राफिक चोक र महेन्द्र चोक मा राजबिराज र कंचनपुरमा मारिएका मृतकहरुका लागि रातो अबिरपानी (सांकेतिक रगत) लाई रोड्मा बगाएर श्रद्धाञ्जली एवं बिरोध कार्यक्रम गर्यौं ।

कार्यक्रमको संयोजक मैले गरेको थिए ।

साथै रगतको होलीको खेल्न अन्त्य होस भन्नका लागि हामी (अंकित अग्रवाल एवं सरगम लिम्बु र म) ले यो बर्ष होली नखेल्ने घोषणा गरे ।

त्यस कार्यक्रममा विद्यार्थी साथीहरु पुजा लम्साल, मीरा अधिकारी, विशाल कर्ण, अनुशा घिमिरे, सौरभ दास, ललित मंडल, अंकित अग्रवाल, सौरभ गुप्ता, सुमित रौनियार, लोकेश कृष्णा, कुबिर लगायत अन्यको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्