काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए । दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।