सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

<span class='c1'>सुनसरीमा चल्यो दोहोरो गोली,</span> <span class='c2'>एकको अवस्था गम्भीर</span>

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो ।

सोमबार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसंग भने,‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ । जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।’उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमार सहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरु समेत प्रहरीले सङ्कलन गरेको छ ।

यस्तै रविन कुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्