तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित, बजेट बारे चिन्ता नलिन आग्रह

<span class='c1'>तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित,</span> <span class='c2'>बजेट बारे चिन्ता नलिन आग्रह</span>

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्‌नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् ।

बिहीबार ललितपुरस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप २०२५ को उद्घाटन गर्दै उनले यस वर्ष संघलाई बजेट उपलब्ध गराउन कोशिस गरिरहेको भन्दै बजेटको चिन्ता नलिइ खेललाई अगाडि बढाउन आग्रह गरे ।

उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा धेरै पदकहरु प्राप्त गरेको थियो । तर अहिले आएर तेक्वान्दोले जति पदक प्राप्त गर्नुपर्ने हो, जति अन्तर्राष्ट्रिय स्तरमा आफ्‌नो पहिचान कायम गर्न सक्नुपर्ने तर यसमा कमी कमजोरी भएको महशुस भएको छ । त्यसैले बजेटको चिन्ता नगर्नुहोस् । यस वर्ष व्यापक बजेट उपलब्ध गराउन कोशिस गरिरहेको छौं ।’ त्यस्तै उनले देशको नाम उच्च राख्ने तेक्वान्दो खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरु मान्य नहुने पनि बताए । मन्त्री चौधरीले तेक्वान्दो खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने,‘तेक्वान्दो खेलले देशलाई सँधै गौरव गराएको छ । आगामी दिनहरुमा यस खेलले अझै सफलता दिलाउने र देशको नाम उच्च राख्ने विश्वास लिएको छु । देशको नाम उच्च राख्ने खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरुलाई यस मन्त्रालय र राष्ट्रिय खेलकुदलाई मान्य हुने छैन् । यस खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्