पूर्वाञ्चल स्कूलमा अभिभावक दिवस

<span class='c1'>पूर्वाञ्चल स्कूलमा</span> <span class='c2'>अभिभावक दिवस</span>

विराटनगर, २८ फागुन । विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिर्ङ स्कूलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कक्षा नर्सरी देखी नौं सम्म अध्ययन गर्ने विद्यार्थीहरुले साँस्कृतकि नृत्य, गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे । सोही अवसर पारेर पाँच वर्षदेखी निरन्तर रुपमा अध्ययन गराउने पाँच जना शिक्षकहरुलाई स्कूलले समान ग¥र्यो । यसरी सम्मानित हुने शिक्षकहरुमा सनद कोइराला, व्रिजेश यादव, कुमकुम मिश्रा, पार्वती राजवंशी र संगीता गनगाई रहनुभएको छ । सम्मानित हुने शिक्षकहरुलाई प्याब्सनको केन्द्रीय सल्लाकार टिकाराम पुरीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न स्कूलले कुनै कुसर बाँकी नराखेको बताउनुभयो । उहाँले आउँदा दिनहरुमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने बताउनुभयो । कार्यक्रममा विराटनगरको निजी स्कूलका सञ्चालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । स्कूलका अध्यक्ष भरत सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्