शिक्षकलाई सडकबाट विद्यालय फर्काउन आग्रह

<span class='c1'>शिक्षकलाई सडकबाट विद्यालय</span> <span class='c2'>फर्काउन आग्रह</span>

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घ समक्ष आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले आज प्रेस विज्ञप्ति जारी गरी आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन आग्रह गर्नुभएको हो ।

“संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक समस्या समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जिम्मेवारीपूर्वक गम्भीर ढङ्गले परिस्थितिको आकलन गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछौँ ।”

महासङघले बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गर्दै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीसँग समन्वय गरेर अवरुद्ध रहेको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना कार्यलाई सहजीकरण गर्न देशभरिका विद्यालय व्यवस्थापन समितिलाई समेत आह्वान गरेको छ ।

शैक्षिक आमहड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध रहेकाले लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा गम्भीर असर परेको र अभिभावकमा अन्योलता छाएको प्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्