लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

<span class='c1'>लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको</span> <span class='c2'>काम ८० प्रतिशत सकियो</span>

सोलु । सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ ।

नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उनले भने, ‘बाटो निर्माणका लागि पर्यटन विकास आयोजना अन्तरगत प्रदेशबाट प्राप्त ३३ लाख बजेट छुट्याएको छ । यसपालि ३०० मिटर मात्रै बाटो बन्ने छ भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ पर्यटकहरुलाई पैदल यात्राको सहजताकोे लागि लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने कार्य भइरहेको छ । सगरमाथा आधार सिबिर जाने बाटोे तोपडाँडामा मजदुरहरुले ढुंगाको सिढि बनाउने काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्