मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गयो

<span class='c1'>मोटरसाइकल दुर्घटनामा श्रीमान</span> <span class='c2'>श्रीमतीको ज्यान गयो</span>

रुपन्देही, चैत १ – रुपन्देहीमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गएको छ ।

लु ९ प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोले सैनामैना-२ झारगैरामा ठक्कर दिँदा स्थानीय ४८ वर्षका नारायण खनाल र उहाँकी ३२ वर्षकी श्रीमती कमला खनालको ज्यान गएको हो ।

बाटो मोड्ने क्रममा माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्