माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

<span class='c1'>माग सम्बोधन नहुदाँ चिकित्सकहरूको</span> <span class='c2'>आन्दोलन आज पनि जारी</span>

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ ।

सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएका हुन् ।

यस्तै, संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोहि समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ । विज्ञप्ती जारी भएको मितिको २४ घण्टा मित्र मागको सटिक सम्बोधन नभएमा, चिकित्सकहरु अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि संघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्