सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

<span class='c1'>सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि</span> <span class='c2'>बढ्न सक्दैन् : सांसद शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’

त्यस्तै, उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए । उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन् । सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ । किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होईन् । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्