‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

<span class='c1'>‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण</span> <span class='c2'>सृजना गर्न सरकारसँग माग’</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे ।

उनले भने, ‘शिक्षक सम्पूर्ण देशका हुन र सबैलाई पढाउने शिक्षक हुन । उहाँहरुलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस् ।’

त्यस्तै, उनले नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले यसबारे सदनमा आएर जवाफ दिने वातावरण सृजना गर्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्