दिनकाे २ रूपैंया तलब थियाे त्याे बेला #FaceOfBiratnagar

<span class='c1'>दिनकाे २ रूपैंया तलब</span> <span class='c2'>थियाे त्याे बेला #FaceOfBiratnagar</span>

#FaceOfBiratnagar

त्यतिबेला मेराे तलब दिनकाे २ रूपैयाँ थियाे । हाम्राे बेला पढ्न जानु परकाे कुरा थियाे त्यसैले सानै देखि काम गर्न थालेकाे थिए । साथीहरूसँगै घरबाहिर काम गर्ने लहर मलाइ पनि लाग्याे र हुर्कदै जाँदा काम गर्न म भारतकाे कश्मिर पुगें । अझै धेरै पैसा कमाउने लाेभले अमृतसर अनि लुधियाना पनि पुगें । रफ्तारमा चलिरहेकाे मेराे जिवनमा २० वर्षकाे उमेरमा पुगेर लगाम लाग्याे, जब मैले विवाह गरें । विवाह पछि अाफ्नै घर कटहरीमा बस्न थालें ।
अहिले सबै छाेरीहरूकाे विहे भएकाे छ । जेठाे छाेरा प्लम्बर छ । कान्छाे छाेरा पुलिसमा काम गर्छ र अहिले इलाममा छ । नातीनातिनि स्कुल जान्छन् । कहिले काँही बिरामी पर्दाकाे कुरा अर्कै हाे बाँकी समय भने म मेरा सन्तान र जीवनबाट सन्तुष्ट नै छु ।

राम चन्द्र सिंह (जसलाइ हामीले अाफ्नाे बुहारीकाे शल्यक्रिया गराउनका लागि नाेबेल मेडिकल अस्पतालमा पुगेकाे समय भेट्याैं)

तस्विर तथा शब्द: विवेक चम्लागाँइ

अनुबाद: सराेज कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्