नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : अध्यक्ष प्रचण्ड

<span class='c1'>नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको</span> <span class='c2'>मौलिक पहिचान : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन् ।

उनले आज(बिहीबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान भएको बताएका हुन् ।

‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बनौं । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौं । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ,’ उनले भने ।

प्रचण्डले आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै यस ऐतिहासिक दिनमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यवद्धता प्रकट गरेका छन् ।
उनले नेपालमा श्रमजीवी जनसमुदायको संघर्ष र वलिदानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्