बिहीबारसम्म सबै स्थानीय तहमा कर्मचारी पुग्ने

<span class='c1'>बिहीबारसम्म सबै स्थानीय</span> <span class='c2'>तहमा कर्मचारी पुग्ने</span>

प्रबिन दाहाल

देशभरका सबै स्थानीय तहमा बिहीबारसम्म सबै कर्मचारी पुगिसक्ने सरकारले जनाएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर मंगलबारदेखि स्थानीय तहको औपचारिक रुपमा कार्यान्वयन भइसकेको छ । सुगम ठाउँमा मंगलबारदेखि नै कर्मचारीले काम थालिसकेका र अरु ठाउँमा पनि बिहीबारसम्म कर्मचारी पुगेर काम सुरु गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए। ७ सय ४४ स्थानीय तहमा दुईसय ७० अधिकृत र झण्डै ९० उपसचिव खटिसकेका छन् । सामान्य प्रशासन मन्त्रालयले २७० जना नयाँ शाखा अधिकृतलाई नयाँ गाउँपालिकामा कार्यकारीको भूमिकामा रहने गरी पठाएको छ । केही मन्त्रालय मातहत रहेका शाखा अधिकृतलाई पनि गाउँपालिकामा पठाइएको छ । निर्वाचन आयोगले माग गरे अनुसार सबै स्थानीय तहमा कर्मचारी पठाएर चुनावको तयारी र सेगाग्राहीको काम सँगसँगै हुने सचिव अधिकारीले बताए ।आयोगले बिहीबारसम्म सबै स्थानीय तहमा कर्मचारी पठाउन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्