सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्न माग

<span class='c1'>सुरक्षित नागरिक आवास कार्यक्रममा</span> <span class='c2'>बजेट थप गर्न माग</span>

काठमाडौं । नेकपा माओवादीका सांसद सुदन किराँतीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज(सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भएपनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गर्न माग गरेका छन् ।

उनले भने, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम थियो । यस कार्यक्रम अन्तरगत स्विकृत लाभग्राही २ लाख १४ हजार थिए । लाखौ परिवार आज प्रभावित छन् । २०८२ र ०८३ आर्थिक वर्षमा विनियोजित रकम ३५ करोड थियो । आवश्यक रकम दुई अर्ब ९६ करोड छ । सरकारले पैसा दिने आशामा ७५ हजार ऋण लिएर छानो हालियो, ब्याज आज डबल भयो । जनता सुरक्षित होइन असुरक्षित भएका छन् । ऋणको पासोमा परेर आत्महत्या गर्ने जस्तो अवस्था जनताको भएको छ । आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गरियोस । सरकार छैन भनिरहेका बेला सरकार देखा पर्नुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्