उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

<span class='c1'>उदयपुरमा चट्याङ लागेर</span> <span class='c2'>एक बालकको मृत्यु</span>

कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भन्नुभयो, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्