व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

<span class='c1'>व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको</span> <span class='c2'>गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ</span>

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानविनका लागि माग गरिन् ।

उनले भनिन्,‘बैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनु अघि नै कार्यक्रमस्थलबाट एउटा कर्मचारीको व्यक्तिगत आक्रोसका आधारमा कानुनी प्रक्रिया पूरा नगरी रेशम चौधरीको गैरकानुनी गिरफ्तार भयो । यसले संघीयता, समावेशिता, लोकतान्त्रप्रतिको विश्वासमा चोट पुगेको छ । म प्रश्न गर्न चाहन्छु कसरी एकजना नेता कार्यक्रमस्थलबाट यस्तो तवरले पक्राउ पर्छन् । यसको निष्पक्ष छानविन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्