जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

<span class='c1'>जानकी जयन्तीमा सार्वजनिक</span> <span class='c2'>बिदा नदिएकामा आपत्ति</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् ।

आज(मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे ।

उने भने,‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं । त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं । खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं । तर आफ्‌नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिदैनौं । दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौं । राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन । मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं । भएको एउटा मन्त्री पनि जानुभयो ।’

त्यस्तै उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सँधै चुप लागेर बस्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्