सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ :सांसद शर्मा

<span class='c1'>सरकारले सदनमा उठेका प्रश्नको</span> <span class='c2'>जवाफ दिनुपर्छ :सांसद शर्मा</span>

काठमाडौं । नेकपा माओवादीका सांसद जनार्दन शर्माले शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् ।

आज(मंगलबार) प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।

उनले भने, ‘संसदमा पटक पटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भईरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिदैँन्, मध्य पहाडी करिडोर भेरी नदि, मेगा पुल, हुलाकि मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखि रहेका छौ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन् । यो गैरजिम्मेवारी किन शुन्य समय सुनाएर उठाउँनको लागि हो भने बन्द गरौं होईन भने सरकारले गम्भिर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्