नेपाल गरिब हुनुको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

<span class='c1'>नेपाल गरिब हुनुको कारण असन्तुलित पराराष्ट्र</span> <span class='c2'>नीति हो : सांसद सिंह</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् ।

आज(मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला ? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो असन्तुलित पराराष्ट्र नीति हो ।’ साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ । नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ । यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्