शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

<span class='c1'>शिक्षक महासंघसँग गरेका सहमतिहरु अब</span> <span class='c2'>कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल</span>

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ । त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्, आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्नुपर्ने समय आएको छ ।’ साथै उनले राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्