नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

<span class='c1'>नेप्से परिसूचकमा उच्च</span> <span class='c2'>अङ्कको वृद्धि</span>

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो ।

आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा रू १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रू ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको शेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता शेयर खरिद बिक्री भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्