नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल

<span class='c1'>नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज</span> <span class='c2'>हो : सांसद ढकाल</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।

आज(बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताए ।

‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो । यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो,’ उनले भने । त्यस्तै उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरु आज आएर प्रमाणीत भएको धारणा बताए । नीति कार्यक्रममा बुद्दा नं १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरुमा रस नरहेको उनको भनाई छ ।

उनले भने,‘विगतको दुई वर्षको नीति कार्यक्रममा मैंले राखेका धारणाहरु रेकर्डमा सुरक्षित छन् । ती विषयहरु आज प्रमाणीत भएका छन् । यो नीति कार्यक्रम वुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निरश नीतिहरु छन् । रस छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्