राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

<span class='c1'>राजावादीहरूको एकता कसैले टुटाउन</span> <span class='c2'>सक्दैन् : कमल थापा</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज(बिहीबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन् ।

उनले भने, ‘आज हामी सबै राष्ट्रवादीहरु, राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं । केवल एक पटक भाषण गर्नको निम्ती मात्रै मञ्चमा उभिएका होइनौं । हामीहरु हिन्दु राष्ट्रको र राज संस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं । हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन ।’

उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनर्स्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे । उनले भने, ‘एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरी शुसासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्