महिलाले खने गाउँसम्म मोटरबाटो

<span class='c1'>महिलाले खने</span> <span class='c2'>गाउँसम्म मोटरबाटो</span>

म्याग्दीको अन्नपूर्ण गाउँपालिका साबिकको घार गाविस–३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् ।

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साबिकको ३ देखि ४ वडासम्म पुग्ने एक किमी मोटरबाटो निर्माण गरेका हुन् ।

एक महिनासम्म ६० भन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एकजनाले रु एक लाख बराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिए।

मोटरबाटो निर्माण भएपछि घारका दुई सय घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्नसक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्