बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाई रोकियो : प्रधानमन्त्री ओली

<span class='c1'>बुद्धका शान्ति सन्देशका कारण भारत र</span> <span class='c2'>पाकिस्तानबीच लडाई रोकियो : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाईमा परिणत हुन नपाएको बताएका छन् ।

आज (सोमबार) लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् ।

उनले भने, ‘बुद्धका उपदेशहरु हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरुसँग पनि कुरा ग¥यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’

उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए । ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहन पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने।

उनले बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई समाउनु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्