झापाको पुँजीगत खर्च ४२ प्रतिशत

<span class='c1'>झापाको पुँजीगत खर्च</span> <span class='c2'>४२ प्रतिशत</span>

भद्रपुर (झापा) । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा रु चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् रु १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् रु १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर रु १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्