दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृ*त्यु

<span class='c1'>दक्षिणी गाजा सहरमा रातभर भएको</span> <span class='c2'>हवाई आक्रमणमा ५४ जनाको मृ*त्यु</span>

खान युनिस (गाजा पट्टी) । दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ ।

खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म रातभर सहरमा १० वटा हवाई आक्रमण गन्ती गरे र सहरको नासेर अस्पतालको शवगृहमा धेरै शव लगिएको देखे । केही शव टुक्रा टुक्रामा आइपुगेको र केही शव बोरामा धेरै व्यक्तिको अवशेषहरू थिए । अस्पतालको शवगृहले ५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

उत्तरी र दक्षिणी गाजामा बुधबार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन् । उहाँले खाडी देशहरूको भ्रमण गरिरहनुभएको छ तर इजरायल भने जानुहुनेछैन । ट्रम्पको क्षेत्रीय भ्रमणले युद्धविराम सम्झौता वा गाजामा मानवीय सहायता पुनर्नवीकरण गर्न सक्ने व्यापक आशा थियो । त्यस क्षेत्रमाथिको इजरायली नाकाबन्दी अब तेस्रो महिनामा छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्