विराटनगरमा आज साँझ ‘पुर्ण राई एण्ड दाजुभाई ‘सागीतिक कार्यक्रम गर्न आउदै

<span class='c1'>विराटनगरमा आज साँझ ‘पुर्ण राई एण्ड</span> <span class='c2'>दाजुभाई ‘सागीतिक कार्यक्रम गर्न आउदै</span>

विराटनगर। विराटनगर २ शंकरपुरको खाली मैदानमा जारी ‘मातृभूमि नेपाल महोत्सव’मा आज साँझ पुर्ण राई एण्ड दाजुभाई व्याण्डको साँगीतिक प्रस्तुति रहेको छ ।
आयोजक समितिका विक्की भगतका अनुसार आज साँझको महोत्सवमा अहिलेका युवा पुस्ताले रुचाएका गायक पुर्ण राई एण्ड दाजुभाईको सागीतिक कार्यक्रमा रहको जनाएका छन् ।

केहीदिन अघिदेखि सुरु भएको यस महोत्सवमा दैनिक रूपमा विभिन्न स्थानिय र राष्ट्रिय चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिईरहेका छन् । महोत्सवमा बालबालिकाहरुका लागि मनोरञ्जनात्मक खेल तथा कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका खानाका स्टलहरु समेत राखिएका छन्।

मातृभूमि नेपाल महोत्सव विराटनगरवासीहरुका लागि मनोरञ्जनको राम्रो अवसरमाको लागि मेला आयोजना गरेको जनाएको छ । महोत्सवमा आयोजकले आगामी दिनहरुमा पुर्ण राई एण्ड दाजुभाई पछि सविन राईलाई पनि ल्याउने तयारी गरेको आयोजक समितिका रेवत केसीले जानकारी दिए । महोत्सव हेर्न आएका दर्शकहरुबाट काटिएको टिकटबाट उठेको रकम मातृभुमी नेपाललाई सामाजिक कार्य अन्तर्गत सहयोग गर्ने केसीले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्