आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

<span class='c1'>आज ‘विश्व दूरसञ्चार</span> <span class='c2'>दिवस’ देशभर मनाइँदै</span>

काठमाडौं । आज विश्व दूरसञ्चार दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइने गरिन्छ । हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजीटल नवप्रवर्तन’ भन्ने रहेको छ । सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएको एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । नेपालमा पहिलो पटक सन् १९९९ मा मोबाइल फोनको शुरुवात भएको थियो भने २००० बाट इन्टरनेटको व्यवसायिक शुरुवात भएको हो । त्यसपछि विस्तारै विकास हुदैँ गएको सञ्चार क्षेत्र वर्तमान अवस्थासम्म आई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्