-सविता श्रेष्ठ
भनेकै थियो
लेख फेरि लेख
नमानेको मैले हो
आउदैन भनेको पनि हो
तर
समय बलवान् रहेछ
सिम्सिमे बर्षापछि पनि
घाम लाग्दो रहेछ
तुषारोले कठ्याङृइएको बेला
कतैबाट न्यानो घाम उदाउँदो रहेछ
जिन्दगी हो तलमाथि हुने नै रहेछ
त्यसैले त
आउदैन लेख्न भन्दा भन्दै
आजभोलि लेख्न थाले मैले
सोच्दा सोच्दै के लेख्ने भनेर
लेखेको अनुभव र अनुभूति
कविता पो बनेछ अहिले
लाग्न थाल्यो
अब म पनि
केही लेख्न सक्छु जस्तो
सिर्जनामा जीवन देख्न सक्छु जस्तो
कवितामा आफै हराउन सक्छु जस्तो
अरुका अन्तर भावलाई
कवितामा अटाउन सक्छु जस्तो
हो,
जब समाएर बस्छु कलम
प्रस्फुटन हुन्छन् शब्द
बन्छन् वाक्य आफैं
अनि लेखिन्छ्न
जिन्दगीका कथा र कविता
माटो प्रेम र राष्ट्रियता
अब त म पनि
लेख्न सक्छु क्या हो केही
भए बने बन्ला कविता
नभए केही छैन
म हारेकै मान्छे हुँ
फेरि एक पटक अक्षरसंग हारुला।