सार्वजनिक सवारीमा लिइने भाडादरको अनुगमन गर्दै ट्राफिक प्रहरी

<span class='c1'>सार्वजनिक सवारीमा लिइने भाडादरको</span> <span class='c2'>अनुगमन गर्दै ट्राफिक प्रहरी</span>

इन्दु साह
विराटनगर । जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूद्वारा यात्रुहरूबाट लिइने भाडादरको अनुगमन गरेको छ।

आज (शनिबार) को विराटनगरका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका यात्रुबहाक सवारी बस, विङ्गर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुहरू समावेश थिए ।

तिनीहरूले यात्रुहरूसँग लिएको भाडा दरको निगरानी गरिएको हो।सार्वजनिक यातायात क्षेत्रभित्र बढ्दो गुनासो र तोकिएकोभन्दा बढी भाडा असुलीको उजुरीहरू बढेपछि ट्राफिक प्रहरीले अनुगमनलाई तीव्र पारेको मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए ।

अनुगमनको क्रममा ट्राफिक प्रहरीको टोलीले यात्रुहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूबाट लिइएको भाडाबारे जानकारी लिएको थियो। साथै तोकिएको भाडादरभन्दा बढी रकम लिने सवारी साधनका चालक तथा सहचालकहरूलाई चेतावनीसमेत दिइएको छ। ट्राफिक प्रहरीका अनुसार अनुगमनले सवारी साधन सञ्चालनमा पारदर्शिता ल्याउने, यात्रुहरूलाई राहत दिने र तोकिएको नियमअनुसारको सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको लम्साल काे भनाइ छ। भाडादरमा अनियमितता पाइएका सवारी साधनहरूलाई कारबाही प्रक्रिया अघि बढाइने समेत जानकारी दिइए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्